३३ अंकले बढ्यो नेप्से, साढेँ १० अर्ब रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ९ लाख ६३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिड्ज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, सपरखुदी हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

रिलायन्स स्पिनिङ् मिल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५.६१ प्रतिशतले घटेको छ ।

कुल ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।