अमेरिकी डलरकाे भाउ स्थिर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा छ ।

यस्तै चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैँकले जनाएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८३ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ ।