काठमाडाैँ । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएका कारण अघि बढ्न नसकेको बताएकी छिन् ।
बिहीबार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारले पर्याप्त बजेट नपठाएका कारण स्थानीय तहमा विभिन्न आयोजनाहरुको काम सम्पन्न गर्न नसकिने अवस्था आएको प्रष्टाएकी हुन् ।
मेयर ढकालले पर्याप्त बजेट बिना आयोजनाहरु अघि बढाउने काम स्थानीय सरकारले गर्न नसक्दा बेरुजु हुने अवस्था आएकाले उल्लेख गर्दै त्यस्ता अवस्था आउन नदिन संघीय सरकारको ध्यानाकर्षण गराइन् । उनले हालै सरकारले विद्यालय भवन निर्माणका लागि भनेर पठाएको बजेट समेत कमी हुने भएकाले ती कामहरु अघि बढाउने अवस्था नरहेकोतर्फ पनि संघीय सरकारलाई सचेत गराइन्।
मेयर ढकालले स्थानीय सरकारसँग कुनै पनि अधुरा आयोजनाहरु अघि बढाउनका लागि स्रोत सुनिश्चित गर्ने बाटो पनि नभएको उल्लेख गरिन् ।


प्रतिक्रिया दिनुहोस्