झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शुक्रबार नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६६ करोड ८६ लाख ३७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र रिड्ज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एशियन हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ ।

कुल ३३५ कम्पनीको एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।