काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही वैशाख १६ गतेदेखि श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्