काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९९ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ५ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्