एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट


काठमाडौँ । एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो।

कम्पनीको १०० रूपैयाँ अंकित दरका कुल ७ लाख ८० हजार २०० कित्ता आइपिओ सर्वसाधारणका लागि चैत २६ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरिएको थियो।

आइपिओमा २७ लाख ७१ हजार १८ आवेदकबाट कुल ३ करोड ३ लाख ५५ हजार १३० कित्ता सेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ११७ आवेदकबाट माग भएको २ करोड ९३ लाख ५१ हजार ३८० कित्ता सेयर सदर भएको छ भने ४३ हजार ९०१ आवेदकबाट माग भएको ५ लाख ३ हजार ७५० कित्ता बदर भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो भने ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। २६ लाख ४९ हजार ९७ आवेदकको हात खाली भएको छ।