सुकुम्वासी बस्तीमा डोजर नचलाउन आग्रह गर्दै रास्वपा पार्टी कार्यालय पुगे सुकुम्वासीहरू


काठमाडौँ । सरकारले काठमाडौंको विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीका प्रतिनिधिहरू बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।

बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरू त्रसित छन् । सुकुम्वासीहरूले रास्वपाका नेताहरुसँग भेट गरी आफूहरूको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन् ।

रास्वपाका नेताहरूले पार्टीले सुकुम्वासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन् । सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दै आएको छ ।

जसका कारण सुकुम्वासीहरू विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढक्याइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा छ ।