काठमाडौँ । आगामी वैशाख २९ गतेदेखि स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण (आइपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आफ्नो कुल ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।
स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणहरूको लागि निष्काशन गर्न लागेको हो । सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि समेत गरी ६५ हजार ६२५ कित्ता सेयर छुट्याएर वितरण गरिसकेको कम्पनीले जनाएको छ।
सर्वसाधारणले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यस निष्काशनमार्फत कम्पनीले ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने भने आवेदन छिटोमा जेठ १ गते र यदि माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा जेठ १२ गतेसम्म खुला रहने जनाइको छ।


प्रतिक्रिया दिनुहोस्