सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने


काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धासहित व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनकाअनुसार सूचना नेपाल राजपत्रमा प्रकाशति हुने छ ।