काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
पौडेलले वैशाख १८ गतेपछि महानिरीक्षकको नेतृत्व सम्हाल्नेछन् ।
वर्तमान आइजिपी राजु अर्यालको चार वर्षे कार्यकाल वैशाख १८ गते सकिँदै छ।
२०५४ चैत १८ गते नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्