काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ७४ लाख ५५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १५ प्रतिशत, १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३५१ कम्पनीको एक करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्