काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् ।
बस्यालले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । बस्याल २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावपछि राष्ट्रिय सवतन्त्र पार्टी झण्डै दुईतिहाई बहुमत ल्याएर सरकार बनाएको एक महिना भएको छ ।
बस्याल जेनजी आन्दोलनभन्दा केही समयअघि मात्रै नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए ।
सिइओ चापागाईंको राजीनामाको हल्ला भने गलत
नेप्सेका सिइओ चुणामणि चापागाईंले पनि राजीनामा दिएको भन्ने विषय भने गलत भएको पुष्टि भएको छ ।
सिइओ चपागाईंले आफ्नो राजीनामाको हल्ला गलत भएको बताए ।
उनले भने,“ अध्यक्ष ज्यूले राजीनामा दिएको साँचो हो तर मैले भने राजीनामा दिएको छैन । म अहिले पनि कार्यालयमै छु ।”
सिइओ चापागाईंले डा. स्वार्णिम वाग्ले अर्थमन्त्री बनेर आएपछि दुईपटक पुँजीबजारबारे छलफल गरिसकेका छन् । पछिल्लो समय नेप्सेमा सुधारका लागि पहल गरिरहेका चापागाईंले राजीनामाबारे आफूले केही नसोचेको बताए ।


प्रतिक्रिया दिनुहोस्