काठमाडौंँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को लागि आवेदन खुला गरेको छ । कम्पनीले वैशाख १६ गते (आज)देखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आजदेखि ७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ। उक्त आइपिओमा लगानीकर्ताले छिटोमा बैशाख २२ गतेसम्म र ढिलोमा बैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयर बाट पनि आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर पनि बाँडफाँड भइसकेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त रहेको छ।
आईपीओको रेटिङ केयर रेटिङ्ग नेपाल ले ‘केयर एनपी बीबी’ रेटीङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्