रास्वपा संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा शुरु


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक शुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो ।

बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएकाे छ।

धेरै कुराहरू सिक्न बाँकी रहेकाेले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’ को अभ्यास हुँदैछ। तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन दिइएकाे छ।

कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्ने उल्लेख गरिएकाे छ।