काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
आइजिपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।सशस्त्र प्रहरी मुख्यालयले आज अर्यालको बिदाइ गर्नेछ ।
अर्यालपछि सरकारले नारायणदत्त पौडेललाई आइजिपी नियुक्त गरिसकेको छ । पौडेलले भोलीदेखि नेतृत्व सम्हाल्ने छन् ।



प्रतिक्रिया दिनुहोस्