राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अर्को अध्यादेश जारी


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई जारी गरेका हुन् ।

राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,का साथै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिसकेका छन् ।

अघि सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धि अध्यादेश र सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी भइसकेको छ । सरकारले संसदको अधिवेशन नै स्थगित गरेर अध्यादेश जारी गरिरहेको छ ।