राष्ट्रपतिद्वारा सुशासनमा कलम चलाउने पाँच पत्रकार सम्मानित


काठमाडौँ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा कलम चलाउने सञ्चारकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धानले सम्मान गरेको छ ।

सम्मानित हुनेमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक पत्रकार मातृका दाहाल, अन्नपूूर्ण पोष्टका विशेष संवाददाता सुरेन्द्र काफ्ले, अनलाइनखबरडटकमका विशेष संवाददाता कृष्ण ज्ञवाली, नयाँ पत्रिका दैनिकका वरिष्ठ संवाददाता सुवास भट्ट र राजधानी दैनिकका सम्पादक सागर पण्डित रहेका छन् ।

अख्तियारको २३ औं स्थापना दिवसको अवसरमा शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले जनही २० हजार र कदरपत्र प्रदान गर्दै सम्मानित गरेकी हुन् ।