नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री शाह उपस्थित नभएपछि संसद बैठक १५ मिनेट स्थगित


बालेन शाहल काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह अनुउपस्थितिलाई लिएर विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभए बैठक सञ्चालन हुन नदिने विपक्षी दलको अडानपछि सभाुमख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।

आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने माग विपक्षी दलको छ ।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएपछि विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए ।