राष्ट्र बैंकले गर्‍यो पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द


काठमाडौँ । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको पुजा मनि चेञ्जर प्रा.लि., पर्साको वीरगञ्ज घण्टाघर ८ मा थियो ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगराएकोले भारतीय रूपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गर्ने निर्णय भएको जनाएको छ ।