झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ९ करोड रूपैयाँ


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटाको सेयरमूल्य घटेको छ ।

शुक्रबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

नबिल डिबेञ्चर २०८२ का लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.७१ प्रतिशतले बढेको छ ।

युनियन हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.७९ प्रतिशतले घटेको छ ।

कुल ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।