हुण्डाईको विद्युतीय गाडीमा अफर योजना


काठमाडौँ । नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीको खरिदमा नयाँअफर योजना सार्वजनिक गरेको छ।

‘वन मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोनाटी फ्लोनिक फाइभ खरिद गर्दा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वासिङ मेसिन उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

समय सापेक्षयोजनाहरू मार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले सधैं आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ।

अहिलेको आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरू प्रवद्र्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरी नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।