महासङ्घकाे वरिष्ठ उपाध्यक्षकाे प्रतिस्प्रधाबाट किशोर प्रधान बाहिरिए,भने,‘महासङ्घ सुधारकाे अभियानमा हुनेछु’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकाे वरिष्ठ उपाध्यक्षकाे प्रतिस्प्रधाकाे दाैडबाट किशोर प्रधान बाहिरिएका छन् ।

सर्वसम्मतिमा वरिष्ठ उपाध्यक्ष हुने चाहना राखेका प्रधान चुनावी प्रतिस्प्रधा हुने भएपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

प्रधान अध्यक्ष अञ्जन श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी थिए ।

अहिले अध्यक्ष श्रेष्ठको समूह समेत फुटेर वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका क्रममा तीनओटा समूह तयार भएपछि प्रधान बाहिरिएका हुन् ।

उनले भने,“अब म चुनावी दौडमा छैन तर महास ङ्घको सुधारका लागि भने म आफ्नो अभियानमा हुने छु ।” प्रधान महासङ्घको पूर्वउपाध्यक्ष समेत हुन् ।

शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन हुँदैछ ।