काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी एक ओटाको सेयरमूल्य घटेको छ ।
सोमबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६० करोड २० लाख १४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.०१ प्रतिशतले बढेको छ ।
बुङ्गल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.३२ प्रतिशतले घटेको छ ।
कुल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्