काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटाको सेयरमूल्य घटेको छ ।
मंगलबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.२३ प्रतिशतले बढेको छ ।
सुपरखुदी हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.६० प्रतिशतले घटेको छ ।
कुल ३४२ कम्पनीको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्