सैनिक मञ्चमा विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइयो


काठमाडाैँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । 

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । समारोहमा विभिन्न औपचारिक गतिविधिहरूसहित गणतन्त्र दिवसलाई भव्य रूपमा मनाइएको छ ।