नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने


काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/ ८४को बजेट सार्वजनिक गर्दै नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्ने घोषणा गरेका हुन् ।

टेलिकमको ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्री डा. वाग्लेले बताए । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।