नेप्सेमा १६ अंकले घट्दा कारोबार रकम दुई अर्ब मुनि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १६ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक २.७४ अंकले घटेर ४०१.६९ अंकमा पुगेको छ ।

आज नेप्सेमा आज कारोबार भएका एउटा उपसमुहबाहेक सबै उपसमुहको सेयर घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ ।

आजको दिन नेप्सेमा यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज बाराही हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०७ प्रतिशतले घटेको छ ।
कुल २५५ कम्पनीको ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रुपैयाँको किनबेच भएको नेप्सेले जनाएको छ ।