अभियान लघुवित्तद्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण


बाँके । अभियान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय हवल्दारपुर, बाँकेले मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

लघुवित्तले कोहलपुर नगरपालिका ५, शाझाचोक बाँकेका ३२ वर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतमलाई बिमा वापत दुई लाख ६० हजार रुपैयाँ प्रदान गरेको हो ।

मृतक लामिछानेको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती गौतमलाई अभियान पुरुष समुह केन्द्र नं. २० का सदस्य एवम केन्द्र सञ्चालक रक्षा चौधरी, मीन बहादुर चौधरीको उपस्थितीमा शाखा प्रमुख जनक बहादुर ताम्राकारले ग्राहक सदस्यकै घरमा पुगी रकम प्रदान गरेका हुन् ।

केन्द्रिय कार्यालय पनौती ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च, काज क्रिया खर्च र कर्जा बिमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।