काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी छलफलका क्रममा भारत–नेपाल संयन्त्रबाट उठेका विषयबारे उल्लेख गरेको बताए।
उनका अनुसार प्रधानमन्त्रीले नेपालले सीमा मिचेको दाबी नभई, त्यस्तो विषय उठ्दा आफू अचम्मित भएको प्रसंग सदनमा राख्नुभएको हो।
प्रवक्ता पोखरेलले नेपाल र भारतबीचका सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र सक्रिय रहेको र कूटनीतिक माध्यमबाट समस्या समाधानको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उनले दुवै देशबीच रहेका सीमा विवादहरू वार्ता र आपसी समझदारीमार्फत टुंग्याइने बताए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै पोखरेलले उक्त भनाइको सन्दर्भ पुनः सुन्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्