काठमाडौँ । नेकपा एमाले का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।
नेकपा एमाले संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखे । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गरे । उहाँले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए ।
प्रधानमन्त्री बालेन्द्र साहले हामी अतिक्रमणकारी हौँ र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले पनि हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू जारी नै छन् । अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरुद्ध नै हमला गर्न उत्रिएका छन् । संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् । देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन् । ’
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए ।



प्रतिक्रिया दिनुहोस्