घट्यो नेप्से, बढ्यो कारोबार रकम


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५५ करोड ६९ लाख ६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज होटल फरेस्ट इनका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.२२ प्रतिशतले घटेको छ ।

कुल ३५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।