काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सिटी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज सोपना फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यइ दुई कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत र १४.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.५१ प्रतिशतले घटेको छ ।
कुल ३५० कम्पनीको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्