अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं


काठमाडाैँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उनले उक्त जिकिर गरेका हुन् । सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाइ थियो ।

उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताए । मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने उल्लेख गरे ।

उनले भने, “जसरी एमाले नांगो बनाएको थिए नि । तिमीहरुलाई त्यसरी नै दुर्गा प्रसाईंले नांगो बनाएर हिजो तिमीहरुले जसरी हरेकको घरमा आँगो लगाएका थियौ नि । यस्तो थियो नि सर्पोटरको घरमा पनि आगो लगाएका थियौ नि । अब कन्टेन्ट क्रियटर राखेको रहेछ–२,४ जनालाई पैसा दिएर । उनीहरुको काम नै मुख छाड्ने । अब एकदम नै मुख छाडने । ती सबैका घर मान्छेले वाच गरेका छन । भोली के हुन्छ ? अर्को आन्दोलन भयो भने त्यो सोच्नु होला । त्यो सोच्नु होला, आन्दोलन हुन्छ । व्यवस्था जान्छ । यो पिँध नभएको भाँडो छ नि गमला जस्तो भाँडो । यो जानेवाला छ । एउटा कुरा बुझ्न्–जानीजानी सहकारी ठगेको छ । स्वास्थ्य बीमा गरेको २२ अर्ब पैसा हामी प्राईभेट हस्पिटलले पाएको छैन । दश अर्व दुध किसानको पैसा तिर्न बाँकि छ । किसानले मल पाएको छैन।  यिनीहरुले सहकारी ठगेको पैसामा बजेटमा छुट्टयाएर तिर्ने रे । ल तिर्न शुरु गर त । तिमीहरुले तिर्न शुरु गर्छौ नि । अनि तिमीहरुको दशा त्यहीबाट शुरु हुन्छ ।”

संयोजक प्रसाईंले किसानले मल नपाएको, दुध किसानले भुक्तानी नपाएको जस्ता विषयमा पनि सरकार गम्भिर नभएको आरोप पनि लगाए ।