काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल ले लोक सेवा आयोगको भूमिका केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित नराख्न आग्रह गरेका छन् ।
लोक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उउनले सुशासन, विधिको शासन, सार्वजनिक प्रशासनको व्यावसायिकता र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा आयोगको योगदान अझ प्रभावकारी हुनुपर्ने बताए।
सभापति ढकालले कर्मचारी छनोटमा योग्यता र निष्पक्षतासँगै नैतिकता, सदाचारिता र इमानदारितालाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै खरिदार, नायब सुब्बा र अधिकृत तहदेखि नै यस्ता विषयको परीक्षण हुने पाठ्यक्रम समावेश गर्नुपर्नेमा जोड दिए।
सङ्घीय शासन प्रणालीसँगै आयोगको जिम्मेवारी बढेको भन्दै उनले परीक्षा प्रणालीको आधुनिकीकरण, सूचना प्रविधिको प्रयोग र पारदर्शितामार्फत आयोगको विश्वसनीयता थप सुदृढ बनाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्