नेप्सेमा ९१.१० लाख कित्ता बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको ९१ लाख कित्ता बढि बोनस शेयर सूचीकृत भएको छ ।

हिमालयन डिष्टिलरीको साधारण सभाबाट पारित भएको ६० प्रतिशत अर्थात कुल ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।