५ अंकले घट्यो नेप्से, ३ अर्ब ४१ करोड रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३४७ कम्पनीको ७७ लाख ४३ हजार ०३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।