सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने


काठमाडाैँ । नेकपा (एमाले)ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त ढंगले प्रश्तुत हुने निर्णय गरेको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । उनकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ । उहाँले सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप  पनि लगाए ।

उनले भने, “सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । यसले विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखि नेपाली समृद्ध नेपालको विरुद्धमा छ । त्यसकारण जुन प्रकारको सरकारको नीति, व्यवहार र कार्यशैली छ यसका विरुद्ध सदनमा पार्टीलाई दृढतापूर्वक प्रश्तुत हुने प्रश्ताव पारित गरेका छौँ ।”

सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासमेत प्रभावित भएको दाबी उgको दाबी छ ।