काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज सोपान फर्मास्युटिकल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ७६ लाख ९६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज भुजुङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.०३ प्रतिशतले घटेको छ ।
कुल ३३८ कम्पनीको ६४ लाख ६१ हजार ७८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४० लाख ८८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्