काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्दि«य सदस्यले सपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सपथ गराए।
शपथसँगै पार्टीभित्र अब सबैभन्दा बढी चासो मनोनित हुने ५१ केन्द्रीय सदस्य को चयनमा केन्द्रित भएको छ। पार्टी स्रोतका अनुसार आज बस्ने पहिलो केन्द्रीय समिति बैठकमा मनोनयनको मापदण्ड, समावेशिता र आवश्यक प्रतिनिधित्वका विषयमा छलफल हुने तयारी गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशन, असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए।
सपथपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पार्टीको प्रतीक घण्टी अंकित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस्