काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार एकल अंकले घटेको छ । नपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज ४ प्रतिशत एग्रीकल्चरल बण्डको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड रूपैयाँको कारोबार भएको छ ।
आज सानिगढ हाइड्रो, स्नो रिभर्स, कालङ्गा हाइड्रोपावर र नेपाल फाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, ४.९९ प्रतिशत, १४.९८ प्रतिशत र १४.९२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमाूल्य १३.६५ प्रतिशतले घटेको छ ।
कुल ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्