काठमाडौँ । सोमबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ जारी गरेको हो ।
अनलाइन मार्फत आज दिउँसो ३ बजेसम्म बिडिङ गर्न सकिने जनाइएको छ ।
राष्ट्र बैंकले अर्धवार्षिकरूपमा ब्याज भुक्तानी गर्ने र साँवा २०८४ असार २२ गते भुक्तानी गर्ने उल्लेख गरिएको छ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्