कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८९ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ४ हजार ५८५ रूपैयाँमा कारोबार भइरहेको छ ।