काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले राजीनामा दिएका छन् ।
चापागाईंले आज अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
चापागाईंले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए ।
उनले भने,“ हो मैले आज पदबाट राजीनामा दिएको हुँ । अन्यथा केही होइन व्यक्तिगत कारण हो ।”
नयाँ सरकार आएपछि अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका थिए । चापागाईं २०८१ चैत १९ गते सिइओमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्