बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ मा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने भएको छ ।

आज मौद्रिक नीति जारी गर्दै गर्भनर डा. पौडेलले,“बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने नीति लिएका छौँ ।”

अहिले बैंक तथा वित्तीयहरूलाई क, ख, ग र घ वर्ग गरी वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त संस्थामा वर्गीकरण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने विषय मौद्रिक नीतिमा समावेश गरिएको हो ।