काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले संसद्मा भाषण र नारामा सीमित नभई जनतामाझ पुगेर काम गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले जनताको सेवा भाषणबाट होइन, व्यवहार र कामबाट प्रमाणित गर्नुपर्ने बताएका हुन्।
”गृहमन्त्री गुरुङले भने, घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर पनि हुँदैन। त्यो मुखले बोलेको ५० वर्ष भइसक्यो। अब हातले काम गर्नुपर्छ,” ।
उनले जनताको बिचमा पुगेर सेवा गर्नु नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसलाई ुस्टन्टबाजीुको संज्ञा दिन नहुने तर्क गर्दै गणेशको ज्यान बचाउन सकेको प्रयास गरे, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालयका कमर्चारी सहित हामीले रातिनै सबै व्यवस्था गरेर उपचारका लागि भारत लैजान गरिएको प्रयास सम्भव भएन ।
”पहिला भिआइपीको सुरक्षा लागि प्रहरी रातभर सडकमा उभिन्थ्यो भने आज गणेको लागि सडकमा थियो, यसलाई स्टन्ट भन्नु हुन्छ भने हामी सबैले आ–आफ्नो ठाउँबाट स्टन्ट नै गरौँ, मेरो उद्देश्य आफ्नो देश र जनताको सेवा गर्नु हो” गृहमन्त्री गुरुङले भने।


प्रतिक्रिया दिनुहोस्