काठमाडाैँ । अर्थमन्त्री स्वर्णिम वाग्ले नयाँ आर्थिक वर्षको राजस्वको लक्ष्य पुरा गर्ने दबाबमा देखिएका छन् ।
२१ अर्बभन्दा बढी आकारको बजेट ल्याएका अर्थमन्त्री वाग्लेले नियुक्तिपिच्छे ‘मिसन १६ खर्ब राजस्व सङ्कलन’का लागि लाग्न निर्देशन दिने गरेका छन् । असार २२ गते आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक नियुक्त गरे ।
नियुक्तपछि उनको निर्देशन थियो,“मिसन १६ खर्ब राजस्व’ सङ्कलनका लागि लाग्नुस् ।”
अर्थमन्त्री वाग्लेले दुबै महानिर्देशकलाई भनेका थिए,“व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस् । चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ ।”
वाग्लेले राजस्व सल्लाहकार समेत नियुक्त गरेका छन् । सिद्धार्थ बैंकका सञ्चालक समिति सदस्य तथा वि एन्ड एसोसिएट्का सञ्चालक एफसिए भोजन अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरेका हुन् ।
अर्याललाई नियुक्तिपत्र द्रिँदै आइतबार अर्थमन्त्री वाग्लले फेरि मिसन १६ खर्बको कुरो निकाले । अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ अर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ बजेट ल्याएको छ ।
जसमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
लक्ष्य पुरा नभए बजेट संसोधन गर्नुपर्ने छ जुन दुइतिहाइ सरकारका लागि नैतिक सङ्कट मात्रै होइन अर्थमन्त्रीमाथि पनि प्रश्न उठ्ने छ ।
जसका कारण अर्थमन्त्री खनाल दबाबमा देखिएका छन् । अर्थमन्त्री वाग्लेले लक्ष्यभन्दा बढी अङ्क राखेर नियुक्त भएका अधिकारीलाई निर्देशन दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्