काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याज आम्दानीको लेखाङ्कनसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।
संसोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ साउन १५ गतेसम्म प्राप्त भएको ब्याजलाई आर्थिक वर्ष २०८२/८३ कै आम्दानी मा समावेश गर्न सक्नेछन् ।
यो व्यवस्थाले आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको ब्याज असुलीलाई पुरानै आर्थिक वर्षको आम्दानीमा गणना गर्न पाउने छन् ।
यसले पछिल्लो समय दबाबमा रहेका बैंकहरूलाई सहज हुने छ । असार मसान्तभित्र उठ्न नसकेको तर साउन १५ भित्र उठेको ब्याज आम्दानीमा जाने भएकाले बैंकको आव २०८२/८३ को खुद नाफा बढ्ने छ ।
पछिल्लो समय खराब कर्जाको सामना गरिरहेका बैंकलाई यो व्यवस्थाले राहत दिएको छ ।
म्याद नाघेका कर्जाहरूको ब्याज साउन १५ भित्र असुल भएमा ती कर्जाहरूलाई असल वा कम जोखिमयुक्त श्रेणीमा वर्गीकरण गर्न सहज हुने छ छ । यसले बैंकको निष्क्रिय कर्जाको अनुपात घटाउँने छ । साथै लोन लस प्रोभिजनिङ कम हुने छ ।


प्रतिक्रिया दिनुहोस्