काठमाडौँ । आगामी तीन दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राति नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्