काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको बढेको छ भने ११ उपसमुहको सेयरमूल्य घटेको छ ।
आज एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
कुल ३४६ कम्पनीको एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्